अनेसास जर्मनीको प्रथम साधारण सभा, नयाँ कार्यसमिति गठन तथा ‘शब्दसुधा’ विमोचन २०८३ वैशाख १२ गते, शनिबार
← कार्यक्रमहरू
महोत्सवव्यक्तिगत

अनेसास जर्मनीको प्रथम साधारण सभा, नयाँ कार्यसमिति गठन तथा ‘शब्दसुधा’ विमोचन २०८३ वैशाख १२ गते, शनिबार

२०२६ अप्रिल २५, शनिबार· Frankfurt

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरको प्रथम साधारण सभा, नयाँ कार्यसमिति गठन तथा स्मारिका ‘शब्दसुधा’ विमोचन कार्यक्रम फ्रान्कफर्टमा सफलतापूर्वक सम्पन्न भयो।

प्रथम साधारण सभासँगै संस्थाको पहिलो कार्यकालको समीक्षा गर्दै दोस्रो कार्यकालका लागि सीमा ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको थियो। निर्वाचन प्रक्रिया सुवासचन्द्र सापकोटाको संयोजकत्व तथा डा. यज्ञ अधिकारी र खड्ग न्यौपानेको सदस्यता रहेको निर्वाचन समितिले सम्पन्न गरेको थियो।

कार्यक्रमको दोस्रो सत्रमा अनेसास जर्मनीद्वारा प्रकाशित साहित्यिक स्मारिका ‘शब्दसुधा’ प्रमुख अतिथि कार्यवाहक राजदूत सागर फुयालले औपचारिक रूपमा विमोचन गर्नुभएको थियो। स्मारिकामाथि डा. यज्ञ अधिकारीले समीक्षा प्रस्तुत गर्नुभएको थियो भने सम्पादक सुवासचन्द्र सापकोटाले प्रकाशन अनुभव साझा गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सर्जकहरूबाट रचना वाचनसमेत गरिएको थियो।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणसँगै नयाँ कार्यकालको औपचारिक सुरुवात भएको थियो। कार्यक्रमले अनेसास जर्मनीको संस्थागत विकास, नेतृत्व हस्तान्तरण र साहित्यिक प्रकाशनको यात्रामा महत्वपूर्ण अध्याय थपेको छ।

कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, सर्जक, साहित्यप्रेमी, संघ–संस्थाका प्रतिनिधि तथा सहयोगीहरूप्रति अनेसास जर्मनी च्याप्टर हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।