फ्राङ्कफर्टमा अनेसास जर्मनीको पाँचौँ साहित्यिक समारोह सम्पन्न २०८१ माघ २० गते, आइतबार
← Veranstaltungen
SymposiumVor Ort

फ्राङ्कफर्टमा अनेसास जर्मनीको पाँचौँ साहित्यिक समारोह सम्पन्न २०८१ माघ २० गते, आइतबार

Sonntag, 2. Februar 2025· Frankfurt

वसन्त पञ्चमीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरले जर्मनीको फ्राङ्कफर्टमा आफ्नो पाँचौँ साहित्यिक समारोह सफलतापूर्वक सम्पन्न गर्‍यो। सरस्वती पूजा–आराधनाबाट सुरु भएको समारोहको अध्यक्षता च्याप्टर अध्यक्ष सुजाता घिमिरे राउतले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीको उपस्थिति रहेको थियो।

जर्मनीका साथै बेल्जियम र नेदरल्यान्ड्सबाट समेत सर्जक तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको कार्यक्रममा कविता तथा अन्य साहित्यिक रचना वाचन, पुस्तक चर्चा र साहित्यिक विमर्श आयोजना गरिएको थियो। नियात्राकार जीवा लामिछानेसँग नियात्रा लेखनका विविध पक्षमाथि संवाद गरिएको थियो भने खड्ग न्यौपानेको कृति “जर्मनी: आप्रवासन र अनुभूति” माथि पुस्तक चर्चा सम्पन्न भएको थियो।

समारोहका अवसरमा लामो समयदेखि जर्मनीमा रही नेपाली साहित्य तथा समुदायमा योगदान पुर्‍याउनुभएका अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापालाई विशेष सम्मान गरिएको थियो। कार्यक्रमलाई महत्वपूर्ण सहयोग पुर्‍याएबापत कुमार पन्त तथा Hotel Trip Inn लाई समेत कदरपत्र प्रदान गरिएको थियो।

नेपाली भाषा र साहित्यलाई प्रवासमा थप जीवन्त बनाउँदै विभिन्न देशमा रहेका सर्जक तथा साहित्यप्रेमीबीच सम्बन्ध र सहकार्य विस्तार गर्ने दृष्टिले पाँचौँ साहित्यिक समारोह अनेसास जर्मनीको साहित्यिक यात्राको महत्वपूर्ण अध्याय बन्यो।

कार्यक्रमलाई सफल बनाउन आफ्नो समय, सिर्जना, सहभागिता तथा सहयोग प्रदान गर्नुहुने सम्पूर्ण अतिथि, सर्जक, साहित्यप्रेमी, सहयोगी तथा शुभेच्छुकहरूप्रति अनेसास जर्मनी च्याप्टर हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।