
महाकवि देवकोटाको ११७औँ जन्मजयन्तीमा भर्चुअल साहित्यिक कार्यक्रम सम्पन्न २०८२ मंसिर ५ गते, शुक्रबार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा भर्चुअल साहित्यिक कार्यक्रम सम्पन्न गर्यो।
जूममार्फत आयोजित कार्यक्रममा जर्मनीका विभिन्न स्थानमा रहेका नेपाली सर्जक तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले महाकवि देवकोटाका रचनाहरूका साथै आफ्ना मौलिक कविता, गजल र मुक्तक प्रस्तुत गर्दै उहाँको साहित्यिक योगदानको स्मरण गर्नुभएको थियो।
कार्यक्रमको विशेष प्रस्तुतिमा अनेसास जर्मनीका वरिष्ठ उपाध्यक्ष लीलाराज कार्कीले महाकवि देवकोटाका सुपुत्र पद्मप्रसाद देवकोटाद्वारा लिखित पुस्तकबाट महाकविको जीवनका अन्तिम क्षणसम्बन्धी अंश प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम सञ्चालन नीरज सोडारीले गर्नुभएको थियो।
प्रवासमा नेपाली भाषा तथा साहित्यप्रतिको सम्बन्धलाई जीवन्त राख्दै सर्जकहरूबीच साहित्यिक संवाद र सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा सहभागी सम्पूर्ण सर्जक, साहित्यप्रेमी तथा सहयोगीहरूप्रति अनेसास जर्मनी च्याप्टर हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
